सोमबार ०१ कार्तिक २०७८

काठमाडौं / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सो संस्थाको साधारण सदस्यसमेत नरहने गरी हटाएपछि गायक दुर्गेश थापाले सो निर्णय’विरुद्ध ‘बहि’ष्कार’ गीत ल्याउन लागेको छन् ।

थापाले दुई साताअघि नयाँ तीज भाका बिच्च बिच्चमा–४ ‘ख्यास्स पुतली’ बजारमा ल्याएका थिए । यो शीर्षकमा गीत नल्याउन त्योभन्दा अघि नै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई आग्रह गरेको थियो । तर प्रतिष्ठानको आग्रहलाई बेवा’स्ता गर्दै दुर्गेशले यो गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

प्रतिष्ठानले यो शब्द अ’श्ली’ल भएको ठह’र गर्दै गीतमा यो शब्द परिवर्तन गर्न लिखित नि’र्देशन दुर्गेशलाई दिएको थियो । तर दुर्गेशले सो निर्दे’शन मानेनन् । आफूले अ’श्ली’ल गीत नल्याएको उनले प्रतिष्ठानले स्पष्टीकरण दिएका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आइतबार बसेको कार्यसमितिको बहुमतले गायक दुर्गेश थापालाई सो प्रतिष्ठानको कालोसू’चीमा राखेका छ । साथै उनलाई प्रतिष्ठानको साधारण सदस्यसमेत नरहने गरी का’रबाही गरिएको छ ।

आफूलाई यसरी प्रतिष्ठानले बहि’ष्कार गर्दै का’रबाही नै गरेपछि गायक दुर्गेश थापाले सो का’रबाहीको वि’रुद्ध नयाँ गीत ‘का’रबाही’ ल्याउन लागेको बताएका छन् । यसअघि आफूलाई धेरैले हो’च्याएर गीत गाउन नजान्ने भनेपछि आ’लुजस्तो गायक भनेर आफ्नै क’मजोरी घोषणा गर्दै गीत निकालेका यी गायकको कथन छ ।

अहिले पनि आफूलाई ब’हिष्कार गरिएका कारण त्यसको प्रतिक्रिया स्वरमा ब’हिष्कार गीत निकालेको पनि यी गायकले बताएका छन् । अहिलेको पुस्ताको मा’ग अनुसारको गीत आफुले ल्याउने गरेको र त्यस्तो गीत सबैलाई मन नपर्ने पनि यी गायकको दा’बी छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानसँग अनाबस्यक इ’गो लिनुको सट्टा राम्रो गीत ल्याएर आफ्नो छवि अझ माथि बनाउन गायक दुर्गेश थापालाई सुझाव दिएका छन् ।

प्रतिष्ठानले लोकदोहोरी भाकालाई वि’कृत हुनबाट जोगाउन प्रयत्न गरिरहेकाले प्रतिष्ठानको सो निर्णयलाई अन्यथा नलिन पनि सुझाव दिएका छन् ।

आफूलाई प्रतिष्ठानले हटाएको चार दिनभित्रै गायक दुर्गेशले नयाँ गीत ‘ब,हिष्कार’ रेकर्ड गराएर यो गीतको पोस्टरसमेत बिहीबार सार्वजनिक गरेका छन् । गायक दुर्गेशले बिहीबार फेसबुकमा बहि,ष्कार शीर्षकको गीतको पोस्टर सार्वजनिक गरेका हुन् ।

गायक दुर्गेश थापालाई ख्यास्स पुतली गीतबाट महिलाको यतिबेला अ’पमान गरेको आ’रोप लागेको छ । उनले केटाको मात्र स्वरमा यो गीत ल्याएका हुन् ।

तीजमा केटाको मात्र स्वरमा तीज गीत गाउनुलाई कतिपयले तीज सं’स्कृतिको व्यं’ग्य भनेका छन् । यो गीतमार्फत महिलाको स्वतन्त्रतालाई हो’च्याएको आ’रोप कतिपयले लगाएका छन् । तर त्यो प्रतिक्रियालाई दुर्गेशले स्वीकार गरेका छन् ।

आफ्नो गीत अ’श्लील नभएको र समय सान्दर्भिक रहेका यी गायकको दा’बी छ । गीत निकाल्ने आफ्नो स्वतन्त्रतामाथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको पदाधिकारीले अं’कुश लगाउने काम गरेका कारण बहि’ष्कार गीत जन्मेको पनि यी गायकको भनाइ छ । यो गीतको भिडियोको छायांकन तयारीमा जुटेका यी गायकले बहि’ष्कारलाई चाँडै नै बजारमा ल्याउने पनि बताएका छन् । – ईताज़ा ख’बरबाट ।

४१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया