आइतबार १७ मंसिर २०८०

काठमाडौँ / गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि विजेता बने पछि किरण गजमेरको चर्चा चुलिएको छ । विजेता बनेसंगै उनको परिवारले गरेको सं’घर्षका कुरा पनि सार्वजनिक भएका छन् । शरणार्थी शिविरमा उनका परिवारले गरेको संघ’र्षका बीच उनी जन्मिएका थिए ।

त्यसैले उनले विजेता बनेपछि पाएको रकम पनि उनी शरणार्थीहरुका लागि खर्चने घोषणा गर्दा स्याबासी पाएका छन् । उनले आफूले पाएको पुरस्कार रकमबाट शरणार्थी शिविरका नागरिकलाई दुई वटा एम्बुलेन्स सहयोग गर्ने घोषणा गरे ।

‘देखेर तिमीलाई, हेरेर तिमीलाई‘’, सुजन चापागाईंको यो गीत लकडाउनका वेला निकै नै चर्चित बनेको यो गीत गत साता ‘भ्वाइस अफ नेपाल’मा गजमेरले गाएपछि गीतले पनि नयाँ तरंग ल्यायो । यो गीत फेरी एक पटक चर्चामा आयो ।

किरण उनै हुन्, जो १० वर्षअघि सन् २०११ मा सपरिवार अमेरिका गएका थिए । किरणका बा, हजुरबा हजुरआमा भने सन् १९९३ मा नेपाल आएका थिए, भुटानी शरणार्थी बनेर । शरणार्थी शिविरमै किरणका बाआमाको विवाह भयो । किरण यतै जन्मिएका थिए ।

शनिबार मध्यरातमा सर्वाधिक भोट मार्फत विजेता बनेका उनले आफूले पुरस्कारमा पाएको २५ लाख रकममध्येबाट शरणार्थीका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् ।

विगतमा आफूले शरणार्थी जीवन बिताउँदा उपचारकै अभा’वमा हजुरआमा गु’माएका थिए । त्यो घ’टना उनको मनमा थियो ।

अब शरणार्थी शिविरमा फेरि यस्तो घट’ना नदोहोरियोस् भन्ने चाहन्छन् उनी । त्यो घ’टना स्मरण गर्दै गजमेरले एम्बुलेन्स सहयोग गर्ने बताएका हुन्।

‘आफूले जितेको २५ लाखमध्ये एक हजार रूपैयाँ भने आमालाई दिने उनले बताए । आफ्नो मेहनत र परिश्रमबाट पाएको पैसावाट एक हजार रुपैया उनले आमाका लागि छुट्याए ।

बाँकी पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्ने र को’रोना वि’रूद्धको खोप लगाउनबाट व’ञ्चित भएकालाई सहयोग गर्ने घोषणा गजमेरले गरेका छन् ।

एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा द भ्वाइस अफ नेपाल सिजन–३ को उपाधिको छि’नोफानो भएको हो । उनले आर्यन तामाङ, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजिन ३ को उपाधि जितेका हुन्।

११७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया