
काठमाडौँ / तेस्रो संस्करणको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका छन् । शनिबार भएको फाइनलमा अन्य तीन प्र’तिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि रक्षा गरेका हुन् ।
तेस्रो संस्करणको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर, टिम दिपबाट आर्यन तामाङ, टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीष मगरले फाइनलमा प्र’तिश्पर्धा गरेका थिए ।
ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई’ बोलको गीत गाएर कोच प्रमोद रोजेका उनले त्यसपछि पछाडि फर्कनु परेन। अमेरिकाबाट भ्वाइसके लागि भनेर नेपाल आएका किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठमहिनादेखि नेपालमा छन् । ‘भ्वाइस अफ नेपाल’मा सहभागी हुनुपूर्व उनले कर्णराज कार्कीसँग तालिम लिएका थिए।
सिनेमाको प्लट जस्तै चाखलाग्दो कहानी छ, किरण गजमेरको । उनका पिता भूटानबाट लखेटिएर आफ्नो मूलथलोमा शरण लिन आइपुग्छन् । सम्पूर्ण ज्यायजेथा मात्र होइन, जीवनका योजना र सपनाहरु पनि उतै छाडिन्छ । भाग्दै, लुक्दै मातृभूमीसम्म आइपुग्दा उनीसँग सुदूर अतितका स्मृतिहरु मात्र बाँकी रहन्छ । रित्तो हात, रित्तो जीवन, रित्तो सपना ।
झापाको खुदुनाबारी शिरिरबाट अब नयाँ जीवनको थालनी गर्नुपर्ने हुन्छ । शरणार्थी शिविरमै उनको घरजम हुन्छ । त्यही शिविरमा जन्मन्छन्, किरण । कस्तो वि’डम्बना ! जन्मदै अनागरिक ।
एउटा अबो,ध बच्चाको न भूगोल छ, न भविष्य । न स्थायी चिनारी छ न त दिगो जीवन । उनका लागि त्यो शिविर नै सम्पूर्ण संसार । त्यही संसारमा खेल्छन्, हुर्कन्छन् ।
आफु जन्मिएको घर, खेलेको आँगन र आफुसँग रमाउने दौतरीमध्ये धेरैजसोलाई छा’डेर हिड्नपर्ने क्षण पनि आउँछ एकदिन । उनी आमाबुवासंग अमेरिका पुग्छन् । अमेरिका, जसले उनलाई भौतिक सुख–सयल दिन्छ, तर चिनारी दिदैन । आखिर त्यहाँ पनि उनी परदेशी हुन् ।
उनी आफ्नो असली चिनारी पर्गेल्न जन्मभूमी फर्कन्छन् । गायनले उनलाई आत्मासम्मानबोध गराएको छ । उनले नेपाली संगीतकै आलोकमा यश कमाउने मनासय राखेका छन् । यतिबेला ‘भ्वाइस अफ नेपाल’को स्टेजबाट आप्mनो चिनारी बनाइरहेका छन् उनी ।
कति रात भो’कै सुतेर त कति दिन खाली खुट्टा हिडेर किरण गजमेरले १४ बर्ष झापाको शरणार्थी शिविरमा बिताए । न उनी आफूलाई गर्वका साथ नेपाली भन्न सक्थे न त भुटानी नै ।
एक दशकअघि भुटानी शरणार्थी शिविरवासीको नियतीमा नयाँ मोड आयो । अमेरिका र युरोपका सात देशले संरक्षण दिने भनेपछि शरणार्थीहरु त्यतै लागे ।
युरोप–अमेरिका पुगेपछि सबैको जीवनशैली फेरियो, जीवनस्तर अर्कै भयो । किरण पनि मेडिकल शिक्षाको विद्यार्थी बने । गला गतिलो थियो, फुर्सदमा गिटार फिट्दा फिट्दै गीतसंगीत कम्पोज गर्न थाले । मन भने सूदुर पुर्वको नेपालतिरै उडिरहन्थ्यो ।
‘नेपाल र नेपालीको माया सधै मेरो शिरमा छ’, उनी भन्छन्, ‘त्यो मायाले मलाई नेपाली गीतसंगीत आत्मासात गरेर हिड्न सिकायो । यो बाटोमा मलाई आनन्दको अनुभुती हुन्छ ।’
‘रा,तको चन्द्रमालाई’ बोलको गीत गाएपछि सार्बजनिक ध्यानाकर्षको पात्र बनिसकेका किरणले यसबीचमा ‘राधा’, ‘साढे सात’ लगायत चलचित्रमा पनि गाए । इमेज, कालिका एफएम लगायत चर्चित अवार्डहरु पाए ।
‘भ्वाइस अफ नेपाल’को ब्ला’इन्ड अडिसनमा उनले ‘देखेर तिमीलाई’ बोलको गीत गाए । त्यसपछि पाएको प्रशंसा र साथले आफुलाई धेरै उत्साहि बनाएको उनी बताउँछन् ।
‘अहिले विश्वका हरेक ठाउँमा नेपाल छ । संसारभरका नेपाली भाषीको आवाज बन्ने मेरो उद्देश्य हो’, उनी भन्छन्, ‘हामी एउटै नेपाल आमाका सन्तती हौं । मैले नेपाली भाइचारा बढाउने श’क्ति संगीतमा पाएको छु । त्यसैको लागि अहिले ‘भ्वाइस अफ नेपाल’को स्टेजमा आएको हुँ । ’
‘वि,देशी हो, विदेशमै भा,ग्छ !’
‘द भ्वाइस अफ नेपाल’ यात्रामा किरणले आरो’पहरु पनि खे’प्न परेको छन् । उनलाई ‘विदेशी हो, विदेश भा,गिहाल्छ नि’ भन्दै ख’साल्नेहरु पनि छन् । तर, उनी भन्छन्, ‘संगीतको माध्यमबाट नेपाली भाषा–संस्कृतीको सेवा गर्नु, नेपाली भाइचार बढाउनु मेरो सपना हो । यो सपनाबाट म कहिल्यै वि,चलित हुन्न ।’
किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठमहिनादेखि नेपालमा छन् । लगातार यती लामो समय नेपाल बसेको मुल्य आफुले अमेरिकामा चु’काइरहेको उनी बताउँछन् । यो अवस्थामा ‘यो विदेशी हो, विदेशमै भा,ग्छ’ भन्नेजस्ता कुरा सुन्दा स्वभाविक रुपमा दुः’ख लाग्ने गरेको उनी सुनाउँछन् ।
तर, लामो यात्रा गर्न चाहने यात्रीले बाटोमा थुप्रै ह’ण्डर सहनुपर्ने कुरा उनले बुझेका छन् । यात्राको सुरुतिरैको हण्डरबाट थकान महशुश गर्नेवाला देखिदैनन् किरण । ‘फजुल आ’रोप लाग्दा दुः’ख त लाग्छ’, उनी भन्छन्, ‘तर, मैले त्यस्तो सोच र आ’रोपलाई ग’लत सा’बित गर्ने हो ।’
प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका छन्, किरण । गायन शैली मिल्ने भएकाले प्रमोदलाई कोच बनाएको किरण बताउँछन् ।
‘भ्वाइस अफ नेपाल’मा सहभागी हुनुपूर्व उनले कर्णराज कार्कीसँग तालिम लिएका थिए । उनलाई ब्ला’इन्ड अडिसनमा ‘देखेर तिमीलाई…’ गाउन लगाउने कर्ण नै थिए । यसक्रममा धेरै प्राविधिक कुरा पनि थाह पाएको किरणको अनुभव छ ।
हरेकपटक गाउदा आफूमाथि रहेको विश्वभरका नेपालीको आशालाई नि’राशामा अनुवाद हुन दिनु हुदैन भन्ने सोच्ने गरेको किरण बताउँछन् । ‘मलाई अब नेपाली नागरिकता पाउँछु भन्ने आशा छैन’, उनी भन्छन्, ‘गाएर विश्वभरका नेपालीलाई जोड्न सकेँ भने त्यो पाए सरह हुनेछ ।’
देश विनाका नागरिक
किरणसंग अमेरिकाको पासपोर्ट छ । तर, उनलाई यसले सन्तुष्टी दिएको छैन । हजारौंका लागि ‘सपना’ बनेको अमेरिकामा उनको घर छ, तर देश नहुनुको छटपटी उनमा छ ।
भुटानका राजाले गोरखाका राजा राम शाहलाई भनेर नेपालीलाई भुटान लैजान थालेको इतिहास छ । कालान्तरमा नेपाली मूलका नागरिकहरुको प्रभाव बढ्दै गयो । नेपाली भाषीहरुले आप्mनो भाषा–संस्कृती, भेषभुषाको सम्बर्धन गर्दा भुटानी शासकहरुले ‘थ्रे’ट’ महसुस गरे । अनि झिके पोशाक र भाषा बिबाद ।
भुटान सरकारले गरेको ‘नेपालीपन नि,षेध’ नेपाली भाषीहरुको लागि मान्य हुने कुरै थिएन । त्यसपछि सुरु भयो दमन र रातारात देश निकाला । त्यसरी करिब एक लाख नेपालीभाषी भुटानी नागरिक पुर्वी नेपालको झापा र मोरंग जिल्लाका खोला किनार र गौचरनवासी बन्न वाध्य भए ।
केही समयपछि राष्ट्रिय–अन्तर्राष्ट्रिय पहलमा भुटानी शरणार्थीहरुका लागि फरक–फरक ठाउँमा शिविरहरु बने । गोलदाप शिविरकी आमा र खुदुनाबारी शिविरमा रहेका बाबुको बिहे भएपछि किरणको जन्म भयो ।
खुदुनाबारी शिविरको स्कुल पढ्दा किरणले पहिलो पटक अरुलाई सुनाउन गीत गाएका थिए । ‘सबैले राम्रो भने’, उनी सम्झन्छन्, ‘त्यसपछि सन् २००५ मा बाल गीत रेकर्ड भयो । एउटा संस्थाले त्यो बालगीत गाउन खुदुनाबारी शिविरबाट मलाई छानेको थियो ।’
(किरणको बारेमा तयार पारिएको सामग्री केहि दिन अघि अ’नलाइन ख’बरमा प्रका’सित भएको थि’यो हामीले सा’भार गरेका हौ ।)