मंगलबार ०२ कार्तिक २०७८

काठमाडौं / २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईईको नतिजा सार्वजनिक गरेको हो ।

को’रोना म’हामारीका कारण भौतिक रुपमा परीक्षा गराउन सम्भव नभएपछि एसईईको नतिजा आन्तरिक मूल्याङ्कन मार्फत गरिएको थियो ।

विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरिएको हो । विद्यालयको प्रमाणीकरणलाई विश्लेषण गर्न बोर्डले आवश्यक नठानेकाले जीपीएमा हेरफेर नगरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

नतिजा हेर्नको लागि एसईई लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखि ३४९४९, ३१००३ र ३५००१ मा एसएमएस गर्न सकिने छ ।

त्यस्तैगरी अन्य विभिन्न माध्यमहरुबाट पनि नतिजा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा बोर्डको वेबसाइट र आईभीआर प्रयोग गर्न सकिने छ ।

त्यसका लागि www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np मा गएर त्यहाँ दिएको निर्देशन अनुसार नतिजा हेर्न सकिने छ । – न्युज 24 नेपा’लबाट ।

२६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया