सोमबार ०३ माघ २०७८

काठमाडौं / पछिल्लो समय पुरानो गीतको कभर बनाउने चलन धेरै नै चलिरहेको छ । कभर गीतको मोह अहिले राम्रै चलिरहेको छ । कभर गीतकै क्रममा अहिलेको सर्वाधिक लोकप्रिय नेपाली गीत ‘टुङना को धुनमा’को कभर गीत सार्वजनिक भएको छ ।

गायक इन्द्रजित मिजारको स्वरमा नेपाली चलचित्र ‘रहर’मा समाबेश गरिएको यो गीतलाई नेपालीले नभई पन्जाबी गायकले गाएका छन् । पन्जाबी गायक लकी सिद्धुले यसअघि फूलबुट्टे सारीको पन्जाबी भर्सन गाएका थिए ।

उनै लक्की सिद्धुले अहिले ‘टुङना को धुनमा’ गाएका छन् । उक्त गीतको भिडियोलाई संसार ब्ल्ग प्रोडकसनले निर्माण गरेका छन्भ, ने गीत सिन्धु म्युजिकको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ।

गीतको भिडियोमा प्रज्ज्वल भट्टराई, उत्सव ढुङेल, गेम्मा र ग्रातसीएलाको अभिनय रहेको छ भने गीतलाई जीएन एस जोन्नी ले निर्देशन गरेका छन । संसार भ्लगको मुख्य उद्देश्य बिदेशी र नेपाली सस्कृतिलाई समावेस गरी केही गरु भन्ने रहेको छ ।

त्यसैले उक्त प्रडक्सनले नेपाली नै बोल्न नजान्ने पन्जाबी लक्कीलाई नेपाली गीत गाउन लगाएका हुन् । पन्जाबी गायक लक्की सिद्धुले टुङनाको धुनमा राम्ररी गाएका छन् । ‘टुङनाको धुनमा’ को पन्जाबी भर्जन अहिले लन्डन तथा भारतमामा पनि धेरै नै लोकप्रिय भइरहेको छ । हे’र्नुहोस् भिडियो :-

६०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया