मंगलबार ०२ कार्तिक २०७८

काठमाडौं / भूटानले अनुदानमा दिएको को’रोना भा’इरसबिरुद्धको ३ लाख डोज खोप नेपाल आइपुगेको छ । भुटानले आफ्नै राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल ल्याइदिएको हो ।

उक्त खोप आज विहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बताइएको छ । यो खोपलाई टेकुमा भण्डारण गरेर राखिने र प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई पहिलो डोजका रुपमा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भूटानले आफ्नो जनसंख्या भन्दा बढी खोप प्राप्त गरेपछि बाँकी रहेको खोप नेपाललाई अनुदानमा दिएको हो । उसले ‘को-भ्याक्स’ सुविधा र विभिन्न मुलुकबाट ९ लाख भन्दा बढी खोप पाएको थियो ।

४९० पटक हेरिएको

तपाईको प्रतिक्रिया