
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हटे देशको बिकास रोकिने दावी गर्नुभएको छ । आइतबार झापास्थित आफ्नै निर्वाचन क्षेत्रमा पुगेर प्रधानमन्त्री ओलीले देशको बिकास नचाहनेहरुले आफूलाई हटाउन खोजेको आरोप लगाउनु भएको छ ।
पुनर्स्थापना भएको संसदबाट आफूलाई हटाएर देखाउन पनि प्रचण्ड-नेपाल समुहलाई प्रधानमन्त्री ओलीले चुनौति दिनुभएको छ । उहाँले भन्नुभयो, ‘संसद पुनर्थापना भएको छ, मलाई हटाएर देखाउनुहोस्, अविस्वास पास गरेर देखाउनुस्।’
यसअघि पनि आफू अविश्वासको प्रस्ताबबाट हटेको भन्दै अब पनि अविश्वास प्रस्तावको डटेर सामना गर्ने प्रधानमन्त्रीले बताउनु भयो । यदी प्रधानमन्त्री पदबाट हटिहाले फेरी जनताबाट दुई तिहाई लिएर आउने उहाँले दावी गर्नुभयो । ‘पहिले पनि अविश्वास प्रस्ताबाटै हटाउनु भएको हो, म जनताबाट आएको हुँ।’ उहाँले भन्नुभयो, ‘हटाउनु भयो भने फेरी जनताबाट दुई तिहाई लिएर आउछु।’
त्यस्तै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालल चितवनको कार्यक्रम छाडेर बुढानीलकण्ठ आएको बताउदै ओलीलाई हटाउनु पर्यो भन्दै शेरबहादुर देउवालाई गुहारेको टिप्पणी गर्नुभयो ।
उहाँले संसद पुनर्थापना भइसकेको र केपी ओलीलाई हटाउन सकिदैन, प्रभु तपाईले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्यो भन्दै प्रचण्ड र नेपालले गुहारेको बताउनु भयो । त्यस्तै प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीसँग गुहार माग्दा तपाईँहरु कुन पार्टीको हो भनेर प्रश्न गरेपछि प्रचण्ड नेपाल झसङ्ग भएको बताउनु भयो ।