शनिबार १८ मंसिर २०७८

दैलेख / जिल्लाको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका–५ पिपलकोटस्थित स्वास्थ्य चौकी तो’डफोड भएको छ । दु’र्गम गाउँमा रहेको स्वास्थ्य चौकी तो’डफोड गरेर ल्यापटपसहित औषधि लगायतका सामग्री चो’री भएको छ ।

आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्णबहादुर आलेका अनुसार स्वास्थ्य चौकीको झ्याल फो’डेर भित्र पसी फेरि तीनवटा ढोका फो’डी सामग्रीहरु तो’डफोड गर्नुका साथै चो’री भएको छ ।

स्वास्थ्य चौकीको केही हप्ताअघि खरिद गरिएको ल्यापटप, सोलारका सामग्री, मास्क, स्यानीटाइजर, न्यानो झोला, साबुन, कोलगेट टुथपेष्ट, मापी डट्पेन चो’री भएको वडाध्यक्ष आलेले बताए ।

उनका अनुसार मोबाइल चार्जर र छाता समेत चो’री भएको छ । स्वास्थ्य चौकीको ५ वटा दराज र ३ वटा टेबल कामै नलाग्ने गरी तो’डफोड भएको वडाध्यक्ष आलेले जानकारी दिए । उनका अनुसार प्रारम्भिक रुपमा स्वास्थ्य चौ’कीमा झण्डै ३ लाख बराबरको क्ष’ति भएको छ ।

‘सोमवार राती नै स्वास्थ्य चौकी तो’डफोड भएको हुनसक्छ,’ वडाध्यक्ष आलेले भने ‘स्वास्थ्य चौकीका लागि नयाँ भवन निर्माणको काम चलिरहेको छ, आज विहान कामदारहरु आएर निर्माण सामग्रीहरु निकाल्न भवनको मुल ढोका खोल्दा भित्र तो’डफोड हुनुका साथै सामान चो’री भएको थाहा भएको हो ।’

स्वास्थ्य चौकीमा ३ जना अहेव २ जना अनमी, १ जना ल्याबका कर्मचारी र एक कार्यालय सहयोगी कार्यरत रहेको अहेव जीवनकुमार बस्नेत जानकारी दिए । यता जिल्ला प्र’हरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले घ’टनास्थलतर्फ प्र’हरी टोली पठाएको बताए । – हिक्मतबहादुर नेपाली / अन्नपूर्ण पो’ष्टबाट ।

४७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया