
काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल क’ठोर निर्णय लिने निष्कर्षमा पुगेका छन् । उनले त्यसका लागि आज आफूपक्षीय स्थायी कमिटीका नेताहरुसँग गम्भीर छलफल गरिरहेका छन् ।
आज बानेश्वरमा जारी बैठकमा नेता नेपालले भावी रणनीति सुनाउँदै आफूपक्षीय नेताहरुको रायसुझाव लिइरहेको बुझिएको छ । उनले एमालेमै रहेर सं’घर्ष गर्ने कि नयाँ दल खोल्नेबारे निर्णय लिन लागेको विश्वस्त स्रोतले बताएको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन नेपालमाथि कतिपय नि’कटस्थ सांसदहरुले द’बाब बढाइरहेका छन् । तर, उनीनिकट स्थायी कमिटी सदस्यहरुले भने संय’मता अपनाउन आग्रह गरिरहेका छन् ।
आफूपक्षीय प्रभावशाली नेताहरुले नेपालमाथि एमालेमै बसेर सं’घर्ष गर्न दबा’ब दिइरहेका छन् । तर, उनको प’क्षमा रहेका २२ सांसद मध्ये अधिकांश नयाँ दल खोल्नुपर्नेमा जोड दिइरहेका छन् । दुईतर्फी द’बाब झे’लिरहेका नेपालले आज छलफल र परामर्शपछि क’ठोर निर्णय लिने तयारी गरेको बुझिएको छ ।