शुक्रबार ०५ कार्तिक २०७८

सप्तरी / छिन्नमस्तास्थित प्रसिद्ध श’क्तिपीठ छिन्नमस्ता भगवतीको चो’री भएको मुकुट (मस्तक) आज फे’ला परेको छ । चो’री भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्र’हरीले नि’यन्त्रणमा लिएको छ ।

आइतबार राति करिब ७ः०० बजे सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चो’री भएको थियो ।

चो’री गरेका मण्डलले बिहान आफैँले मुकुट ल्याएको र मन्दिर स्थापना गर्ने भन्दै गाउँमा ह’ल्ला गर्दै हिँडेको स्थानीयवासी जयप्रकाश यादवले बताउनुभयो ।

मण्डलसहित ७५० ग्रामको चाँदीको मुकुट, सुनको टीका र नथिया ब’रामद गरी मण्डललाई अनुस’न्धानका लागि जिल्ला प्रह’री कार्यालय ल्याइएको प्र’हरी उप’रीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो ।

चो’रीको घ’टना बाहिरिएपछि आइतबार रा’ति नै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रह’री उपरीक्षक धमलासहितको टोली घट’नास्थल पुगेको थियो ।

प्रह’५⁴रीले तत्कालै पूजाको पालोमा रहेका तीन पुजारीलाई नि’यन्त्रणमा लिएको थियो । चो’रीको अनु’सन्धानका लागि राति नै सीमानाकालाई समेत सि’ल गरिएको थियो ।

मन्दिरमा सिसीटिभी जडान भए पनि तार का’ट्ने, क्यामेरा फु’टाउने कामले गर्दा मन्दिर अहिले सिसीटिभीको नि’गरानीमा छैन । मन्दिरको संरक्षणमा ला’पर्वाही भएको भन्दै मन्दिरमा भेला भएका स्थानीयवासीले रा’तिदेखि नै च’र्को वि’रोध गरिरहेका छन् ।

२९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया