बुधबार २२ मंसिर २०७८

दाङ्ग/ हिजो आज श्रीमान साथैमा हुँदा र विदेश जाँदा श्रीमतीहरुले अनेक बाहाना बनाएर श्रीमानको त छंदै छ आफैले जन्माएको छोराछोरीलाई समेत बिचल्लिमा पारेर अर्कैसंग गएको समाचारहरु दिनहुँ पढ्न पाईएको बेला अमृताको कथाले भने समाजमा उनी जस्ती श्रीमती, बुहारी र आमा पनि रहेछन् भन्ने कुराको जान्न पाईएको छ । श्रीमानले छाडेको १७ वर्ष पुरा भएको छ तार अमृता भने अझैं पनि श्रीमान आउँछन् कि भन्ने आशमा बाटो हेरी रहेकी छन् ।

कक्षा ८ मा पढ्दै गरेकी अमृतालाई कपिलबस्तुका ईश्वरी भट्टराईले उनको हात माग्न गए । केटी माग्न जाँदा त घरका अभिभावकलाई साथमा लिएर जाने चलन छ । अभिभावक पनि नभए आफन्तहरु र आफन्त पनि नभए साथीभाईहरु लिएर जाने हामी नेपालीको चलन छ । तर ईश्वरीले खै किन हो कोहीपनि लिएर गएका थिएनन् अमृताको हात माग्नलाई । केटा मात्रै एक्लै हात माग्न जाँदा केटी पक्षले केटा अल्लारे हो कि सोंचेर आफ्नो घरको छोरी चेली दिंदैनन् । तर अमृताको बुवाआमाले भने त्यो सोंच राखेनन् ।

(छोराको साथमा अमृता)

अमृताको बुवाआमाले केटो आँटिलो नै रहेछ । यत्तिको भए त हाम्री छोरीलाई मजैले पाल्न सक्छ भन्ने विश्वासका साथमा ईश्वरीको हातमा आफ्नी छोरी अमृताको हात थमाएका रहेछन् । ईश्वरी कामको शिलशिलामा भारत जाने आउने गर्थे । त्यसैले पनि विबाह भएको २ वर्षमा ईश्वरी र अमृताको छोरी भयो । छोरी जन्मिएको २ वर्षपछि छोरा पनि जन्माईन् अमृताले । त्यतिञ्जेलसम्म ईश्वरी भारत जानेआउने गरिरहेका थिए । तर समय बदलियो सधैं भारतबाट घर सम्झिएर आउने ईश्वरी भने घरमा आउनै छाडे ।

अमृताको भनाई अनुसार उनका श्रीमान ईश्वरी आफ्नै सालाहरुसंग काम गर्नकोलागी भारतको पञ्जाबमा गएका थिए । त्याहाँ ईश्वरीले सालाहरुसंग झण्डै १ वर्षसंगै बसेर काम गरे । त्यो १ वर्षको अवधिमा ईश्वरी र अमृताबीच राम्रै सम्बन्ध रहेछ । तर जब ईश्वरीले सालाहरुसंग संगै बस्न छाडे त्यसपछि भने उनी न श्रीमती अमृतासंग न त संगै गएका सालाहरुसंग कसैसंग पनि सम्पर्कमा आएनन् । र त्यतिबेलादेखि अहिलेसम्म उनी घर परिवार र आफन्त कसैको सम्र्कमा आएका छैनन् ।

आजको दिनसम्म ईश्वरीले घर परिवार, श्रीमती र बालबच्चा सम्झन छाडेको १७ वर्ष पुरा भएको छ । यता उनले सानैमा छोडेका उनका छोराछोरीहरु भने जवान भई सकेका छन् । बच्चा छंदैदेखि बाबाको माया नपाएका उनीहरु अहिले पनि आफ्नो बाबा ईश्वरीलाई सम्झि रहन्छन् । अमृताको त के कुरा उनले श्रीमान नसम्झिएको दिन र रात हैन प्रत्येक पल छ भनेर आफ्ना कुरा सुनाउँछिन् । श्रीमानलाई मन कठोर नपार्न उनले आग्रह गरेकी छन् । घरपरिवार र बालबच्चा सम्झिएर घर फर्कन पनि उनले आग्रह गरेकी छन् । हे’र्नुहोस् भिडियो:-

७७० पटक हेरिएको

तपाईको प्रतिक्रिया