मंगलबार १६ आश्विन २०८०

पर्वत / लामो समयदेखि वडा सचिव नपाएको आ’क्रोशमा कुश्मा नगरपालिका–२ खुर्कोटका जनप्रतिनिधि र स्थानीयवासिन्दाले कुश्मा नगरपालिकामा ता’लाबन्दी गरेका छन् ।

जनप्रतिनिधि सहभागितामा कुश्मा नगरपालिकाको कार्यालयमा आज ता’लाबन्दी गरिएको हो भने वडा कार्यालयमा समेत स्थानीयले ताला लगाएका हुन् । वडाध्यक्ष यदुनाथ शर्मा बाँस्तोलाको नेतृत्वमा आएका स्थानीयले कुश्मा नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन् ।

गत कात्तिक १४ देखि स्वास्थ्य चौकीका इञ्चार्जलाई काजमा खटाएर अहिलेसम्म वडा सचिव नपठाएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराउन तालाबन्दी गर्नुपरेको वडाध्यक्ष बाँस्तोलाले बताउनुभयो ।

नगरपालिकाले काजमा खटाएका स्वास्थ्य चौकीका इञ्चार्ज टेकनाथ सुवेदीले वडा र स्वास्थ्य चौकीको काम हेर्न नभ्याएको बताउँदै आउनुभएको छ ।

नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई धेरै पटक सचिवको मा’ग गरे पनि नौ महिनासम्म सचिव नखटाएको भन्दै वडाका जनप्रतिनिधिसहित आएका खुर्कोटवासीले तालाबन्दी गरेका हुन् ।

सचिव नहुँदा दैनिक प्रशासनिक कामकाजमा स’मस्या भएको वडाध्यक्ष यदुनाथ शर्मा बास्तोलाले गु’नासो गर्नुभएको छ ।

वडा कार्यलयमा कार्यरत सचिव सञ्जु शर्मा को’भिड स’ङ्क्रमित भएर कार्यालयमा आउन नपाएकाले यो अवस्था सिर्जना भएको कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद तिवारीले बताउनुभयो ।

उहाँले कार्यालयले ख’टाएका सचिव नि’को भएपछि हाजिर हुने भएकाले स्थानीयलाई आ’क्रोशित नबन्न अनुरोध गर्नुभएको छ । – news 24 nepal बा’ट ।

२३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया