
काठमाडौं / केन्द्रीय अ’नुसन्धान ब्यूरो सीआईबीले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट स्वीकृती नलिई चिकित्सासम्बन्धी कार्यहरु गरेको फे’ला पारेपछि चार जनालाई प’क्राउ गरेको छ ।
शनिबार चाबहिलको ओमकार डेन्टल होम प्रालिका सञ्चालक राधाकृष्ण तामाङ, सञ्चालक तथा चिकित्सक डा. रन्जनकुमार ठाकुर, डा. सौरभ कुमार र कर्मचारी सन्जु साहलाई सीआईबीले प’क्राउ गरेको हो ।
एनएमसीमा दर्ता नै नगरी ओमकारले चिकित्सासम्बन्धी कार्यहरु गरेको पाइएपछि उनीहरुलाई प’क्राउ गरिएको सीआईबीका डीआईजी धीरजप्रताप सिंह बताउँछन् । प’क्राउ गरिएका उनीहरुलाई मेडिकल काउन्सिलले उ’जुरी गरेको आधारमा प’क्राउ गरिएको सिंहले बताए । – news 24 Nepal बा’ट ।