सोमबार २० मंसिर २०७८

जोमसोम / मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिका ४ र ५ नम्बर वडाका पशुपालक किसानका लागि आएको उन्नत गाईपालन कार्यक्रमको डेढ करोड अनुदानको बजेट फ्रि’ज भएको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ का लागि संघीय सरकार अन्तर्गत राष्ट्रिय योजना आयोगले पठाएको विशेष अनुदानको सो बजेट पालिकाले उन्नत गाई खरिद गर्न नसक्दा बजेट फ्रि’ज भएको हो ।

उन्नत गाईपालन कार्यक्रम मार्फत थासाङ गापा ४ र ५ का कुल ७५ घरधुरी स्थानीय किसानको जीवनस्तर उकास्ने उद्देश्यले संघीय सरकारले ‘एक कृषक, एक गाईपालन’ कार्यक्रम अन्तर्गत सो बजेट पालिकालाई पठाइएको थियो ।

थासाङको ताक्लुङ, कुञ्जो, झिप्रा देउराली, छयो र टिटी गाउँका किसानलाई ‘एक कृषक, एक गाई’ पालन कार्यक्रम अन्तर्गत संघीय सरकारले विशेष अनुदान स्वरुप उपलब्ध गराएको बजेट कार्यान्वयन हुन नसकेको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङले सो बजेट पालिकालाई चौमासिक रुपमा भुक्तानी गराए पनि पालिकामा पशु प्राविधिक जनशक्तिको अभाव, को’रोना क’हरका कारण ल’कडाउन, हिमाली जिल्लाको भूगोल र हावापानी सुहाउँदो अनुकुल जर्सी गाई खोज्न नसक्दा पालिकामा आएको बजेट फि’र्ता गएको हो ।

तर उन्नत गाईपालनका लागि ठूलो अनुदानको बजेट संघ सरकारबाट सोक्षेत्रका पशु कृषकलाई लक्षित गरिए पनि स्वंय कृषकले भने सो कार्यक्रम मा’ग गरेका थिएनन् । कृषकले मा’ग नगरे पनि पालिकामा आएको बजेट कार्यान्वयन हुन नसक्दा सो क्षेत्रका स्थानीय कृषक लाभान्वित हुनबाट ब’ञ्चित हुनु परेको बताइएको छ ।

थासाङका लागि आएको एक कृषक, एक गाई पालनको बजेट कार्यान्वयन गराउन उपाध्यक्ष बालकुमारी शेरचनको अध्यक्षतामा गाई छनोट समिति गठन समेत गरिएको थियो । पालिकालाई वार्षिक कार्यक्रम अन्तर्गत गाईपालनका लागि बजेट चौमासिक रुपमा उपलब्ध गराइए पनि पालिकाले गाईपालन कार्यविधि बनाउन ढि’लो गरेको थियो ।

तेश्रो चौमासिकमा आइपुग्दा थासाङले कार्यक्रम अघि बढाएको थियो । सरकारले उपलब्ध गराएको अनुदान प्राविधिक व्यवहारिक र वैज्ञानिक मापदण्ड पूरा गर्न पालिकाले कृषि तथा पशुपंक्षि विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय पशुपंक्षि श्रोत व्यवस्थापन तथा प्रर्वद्धन कार्यालय काठमाडौँमा लिखित प्राविधिक सल्लाह मा’ग गरेको थियो ।

सो कार्यालयका वरिष्ठ पशुविकास अधिकृतसहितको टोलीले मुस्ताङमा उन्नत गाईपालनको विषयमा लिखित प्राविधिक सुझाव दिएको थियो । पशुपंक्षि श्रोत व्य’वस्थापन तथा प्रर्वद्धन कार्यालयले उच्च उचाइको हिमाली जिल्लामा गाईपालनको सम्भावनाका विषयमा पालिकाले मागेको परामर्शका आधारमा सु’झाव दिएको थियो ।

त्यसपछि पालिकाले गाईपालनका लागि टेन्डर आह्वान गरेको थियो । पालिकाले प्रकाशित गरेको सूचनाका आधारमा कास्कीबाट ४ वटा र स्याङ्जाबाट एक गाईफर्म सूचिकृत भएका थिए ।

पालिकाले ढि’लो गरी सूचिकृत गरिएका गाईफार्मको अवलोकन गरे पनि प्राविधिक मापदण्डमा तोकिए बमोजिमको जर्सी गाई फेला पर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष खत्रीले बताए ।

“मुस्ताङमा गाईपालन कार्यक्रमको बजेट कार्यान्वयन गराउन हाम्रो पक्षबाट पनि केही ढिला भएकै हो, गाईपालनको कार्यविधि निर्माण तथा अनुमोदनमा ढिलो भयो, “प्रशासकीय अधिकृत खत्रीले भने” गाई खोज्न हामी ठाउँठाउँ चाहार्‍यौँ, तर मुस्ताङको भूगोल र हावापानी सुहाउँदो अनुकुलको जर्सी गाई फे’ला पार्न सकेनौँ ।”

यस्तै, थासाङ-५ का वडाध्यक्ष सोमल हिराचनले गाई खरिद गर्न पालिकाले केही ढिला गरेको स्वीकार गरे । “हामाीले सूचिकृत गरेका फार्ममा गाई हेर्न गयौँ तर हामीलाई चाहिने गाई त्यहाँ उपलब्ध हुन सकेन, यसमा हामी दु’खी छौँ, वडाध्यक्ष हिराचनले थपे “चैत बैशाखमै जानु पर्थ्यो तर हामी असारमा मात्र गाई खोज्न गयौँ तर गाई पाउन सकेनौँ, समय बितिसकेको थियो, अन्त खोज्न जाने समय पनि मिलेन ।” उनले सूचिकृत गरेका फार्ममा होलस्टाईन गाई मात्र भेटिएको बताए ।

योजना कार्यान्वयनमा पालिकाको ढि’लासुस्ती र उपयुक्त योजना छनोट गर्न नसक्दा पालिकामा आएको ठूलो बजेट कार्यान्वयन हुन नसकी फि’र्ता गएको स्थानीय कृषक बताउँछन् ।

मुस्ताङमा संघीय सरकारको विशेष अनुदान थासाङ गापाको मात्र कार्यान्वयन हुन नसकी फि’र्ता गएको हो । – सुन्दरकुमार थकालीले ले’ख्नुभएको यो स’माचारलाई हामीले अन्नपुर्ण पो’ष्ट बा’ट लि’एका हौँ ।

२१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया