मंगलबार ०७ चैत्र २०७९

काठमाडौं / प्रशोधित पिउने भनेर बिक्री वितरण गरिने जार तथा बोतलका पानीको गुणस्तरमा सम’स्या देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७/७८ मा अनुुगमन गरी १६५ वटा नमुना सङ्कलन गरेर परीक्षण गरिएकामा १६ वटा प्रशोधित पानीका उद्योगवि’रुद्ध मुु’द्दा द’र्ता गरेको जनाएको छ ।

विभागले आव २०७७र७८ मा खाद्य ऐ’न र नियमानुसार न्यून गुणस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा एक सय थान मु’द्दामध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका १६ वटा मुु’द्दा दा’यर गरेको जनाइएको छ ।

विभागका महानिर्देशक उपेन्द्र रायले गत आवमा द’र्ता गरिएका धेरै मुु’द्दा प्रशोधित पिउने पानीको भएकाले यसको सुधार गर्न विभागको अनुुगमन केन्द्रित भएको जानकारी दिए । उनका अनुसार मुु’द्दा द’र्ता गरिएका प्रशोधित पिउने पानीका उद्योग अधिकांश उपत्यकाबाहिरका रहेका छन् ।

सो अवधिमा मुु’द्दा द’र्ता गरिने बेकरी तथा बिस्कुटका १३ वटा, तेल तथा घिउका ११ वटा, दानाका नौवटा, तयारी चाउचाउका सातवटा, मसलाका सातवटा दालमोठ तथा भुजिया र ससका पाँच-पाँचवटा रहेका छन् भने दलहनका चारवटा र मिठाई, दूध, दही, काजु किसमिस, चामल, बियर, खुर्सानीको धुलोजस्ता विभिन्न खाद्य पदार्थका चारवटा रहेको विभागले जनाएको छ ।

विभाग तथा मातहतका कार्यालयबाट आर्थिक वर्ष २०७७/७८ मा खाद्य उद्योग तथा बजार नि’रीक्षण अनु’गमन गरी ऐ’न नियमानुसार दुुई हजार ८३४ नमुना संलग्न भएकामा सङ्कलित नमुनामध्ये खाद्यान्न र दलहनजन्य ७४७ वटा, तेल तथा घिउजन्य ३८२ वटा, फल तथा सागपातजन्य पदार्थका २९९ वटा, दाना पदार्थका २७४ वटा, मसलाका २६६ वटा, चिया कफीका १२४ वटा, दूध तथा दुग्ध पदार्थका २०६ वटा, प्रशोधित पिउने पानीका १६५ वटा, कन्फेक्सनरीका ९० वटा नमुनाको परीक्षण गरिएकामा २१९ वटा नमुना गुणस्तरही’न रहेको विभागले जनाएको छ ।

विभागका अनुसार गुुणस्तरही’न नमुनामध्ये विभिन्न खाद्यान्नका ३६ वटा, दानाका ३३ वटा, तेल तथा घिउजन्यका ३० वटा, प्रशोधित पिउने पानीका २७ वटा रहेका छन् । विभागले सो अवधिमा खाद्यरदाना उद्योग, होटल–रेस्टुरेन्ट, राजमार्गका होटल अनुगमन तथा उजु’रीउपर तत्काल सम्बोधन टोलीमार्फत का’रबाहीलगायत जम्मा छ हजार १८९ पटक निरीक्षण अनुगमन गरेको जनाएको छ । – गो’रखापत्र दैनि’कबाट ।

२८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया