बिहिबार ११ आश्विन २०८०

काठमाडौं / एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् ।

तर, १० बुँदेप्रति नै अस’हमति राख्दै आएका वरिष्ठ नेता नेपाल अझै अध्यक्ष ओलीसँग भेट गर्न आनाकानी गरिरहेका छन् ।

अध्यक्ष ओलीले भने नेपाललाई आफ्नो निवास बालकोटमा स्वागत गर्न तयार रहेको बताइसकेका छन् । नेपालले ओलीसँगको भेटअघि संस्थापन पक्षका दोस्रो तहका नेता सुवास नेम्बाङ र विष्णु पौडेललाई भेटेर कुरा गर्ने बताएका थिए ।

त्यहीबमोजिम बिहीबार नेपाल र नेम्बाङबीच करिब डेढ घन्टा भेटवार्ता भएको छ । नेपालले पौडेलसँग शुक्रबार भेट गर्न सक्ने जनाइएको छ । नेम्बाङले दुई शीर्ष नेता भेटेर एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन आग्रह गरेको जानकारी दिए ।

‘तपाईं (नेपाल) र अध्यक्ष कमरेड (ओली) भेटेर कुराकानी गर्नुहोस् र एकतालाई ठोस रूपमा अगाडि बढाउन सकिन्छ भनें’, विघटित कार्यदलमा संस्थापन पक्षका संयोजकसमेत रहेका नेम्बाङले भने ।

नेम्बाङको आग्रहमा नेपालले ‘ठिकै छ’ भनेर जवाफ दिएको जनाइएको छ । यो स’माचार आ’जको अन्नपूर्ण पो’ष्ट दै’निकमा छा’पिएको छ ।

७०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया