
मुगु / शौक्षिक सत्र सुरु भएको २ महिना वितिसक्दा हिमाली जिल्ला मुगुका विद्यार्थीहरुले अझै पाठ्यपुस्तक पाएका छैनन् । सडक सञ्जालको कारण देखाउदै पाठ्यपुस्तक खरीद तथा ढुवानी गर्ने जिम्मा पाएको व्यक्तिले पाठ्यपुस्तक नपुर्याउदा विद्यार्थीहरु पाठ्यपुस्तकविहिन बन्नुपरेको हो ।
जिल्लामा रहेका सामुदायिक तथा निजी विद्यालय गरी १ सय ४० बटा बिद्यालयमा अध्ययनरत १३ हजार २ सय भन्दा बढी विद्यार्थीहरुको हातहातमा पाठ्य पुस्तक नपुग्दा पुस्तकविहिन बनेका हुन् ।
एक तर्फ महामारीले थलापारेको शैक्षिक स्थिति र अर्कोतिर जिल्लामा पाठ्य पुस्तक समयमा उपलब्ध नहुँदा बालबालिकाको पढाइ बिग्रेको छाँयानाथ रारा नगरपालिका -३ फुलि गाँउका लिप बहादुर खड्काले बताए । ‘महामा’रीको कारण बालबालिकाहरु घरमा नै छन्, त्यहामाथि पाठ्यपुस्तक नहुँदा बालबालिको भविष्यप्रति चि’न्तित बनेका छौँ,’उनले भने ।
यता छाँयानाथ रारा नगरपालिका वडाभित्र अध्ययनरत कक्षा एक देखी १० कक्षा सम्मका बालबालिकाहरुलाई पाठ्य पुस्तकको खरीदको लागि सम्बन्धित बिद्यालयमा ३१ लाख ४४ हजार रुपैया बिद्यालयको खातामा पठाईसकेको छ ।
‘खरीदका लागि खरीदको जिम्मा लिएको जयलक्ष्मी पुस्तक भण्डारको प्रोपराईटर लक्ष्मी भामलाई समयमा पाठ्य पुस्तक ढुवानीको लागि कार्यालयबाट समयमा लिखित पत्र र मौखिक रुपमा निकै ता’केता लगाएका छौँ,’ छाँयानाथ रारा नगरपालिका शिक्षा शाखा प्रमुख खडक बहादुर रोकायाले भने ।
मुगमकामारोङ्ग गाँउपालिका र छाँयानाथ रारा नगरपालिका भित्र रहेका ६३ वटा सामुदायक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पाठ्य पुस्तकको ढुवानीको जिम्मा लिएका जयलक्ष्मी पुस्तक भण्डारका प्रोप्राइटर लक्ष्मी भामका अनुसार जनक शिक्षा सामग्री कर्णाली प्रदेश कार्यालयमा पुस्तक खरीदको लागी रुपैँया जम्मा गरी सकेको पुस्तक सुर्खेतमा तयारी अबस्थामा रहेका छन् ।
राजमार्गको बिभिन्न खण्डमा बाटो भ’त्केको हुँदा ढुवानी गर्ने समस्याका कारण विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको भामले जनाए । साथै उनले अवको एक सातामा यी २ स्थानीय तहको पाठ्यपुस्तक जिल्लामा पुग्ने प्र’तिवद्धता समेत व्यक्त गरे ।
उता, खत्याड गाँउपालिकामा रहेको सामुदाय बिद्यालयको आ.व २०७८/०७९को लागि पनि सडकका कारण पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको जनाएको छ । – दानबहादुर बुढाले ले’ख्नुभएको यो समाचारलाई हामीले news 24 nepal बा’ट सा’भार गरेका हौँ ।