बुधबार ०३ कार्तिक २०७८

काठमाडौं/ सामान्य रुपमा महिनावारी २८ देखि ३२ दिन भित्रमा हुनु पर्छ । यो समय अवधि भित्र महिनावारी नहुनुलाई अनियमित महिनावारी भनिन्छ ।

धेरै जसो महिलाहरुमा खानपान र जिवनशैलीका कारण कतिपयलाई समयमा पिरियड हुदैन। यस्तो अवस्थामा महिलाहरुलाई गाह्रो महशुस हुने र शारिरीक पिडा हुने गर्दछ।

समयमै महिनावारी नहुनु एक आम समस्या बनिसकेको छ । केहि दिन सम्म वा एक दुई पटक मात्र महिनावारी गडबढि भएको छ भने हामीले यसलाई यस्ता घरेलु विधीद्धारा पनि निदान गर्न सक्छौं ।

मेथीको दाना

घरमा यस्तो सलाद बनाएर पनि खान सकिन्छ, जसमा दुई चम्चा भिजाएको मेथी मिलाइएको होस्। अन्यथा मेथीलाई भिजएर विहान विहान एक चम्चा भिजाएको मेथी पनि सेवन गर्न सकिन्छ ।

धनिया तथा सौफको दानाको प्रयोग

धनिया वा सौफको दानालाई काढा बनाएर नियमित सेवन गरेमा पनि यो समस्या क्रमश कम भएर जान्छ । यसलाई विशेषगरी रातीको समयमा भिजाउने र विहानको समयमा छानेर खान सकिन्छ ।

गाँजरको साथमा चुकन्दरको रस

अनियमित महिनावारी भएको खण्डमा गाजर तथा चुकन्दरलाई पिसेर त्यसको रस सेवन गरेर पनि नियमित बनाउन सकिन्छ । करिब तीन महिनासम्म दैनिक एक गिलास गाजर तथा चुकन्दरको रस पिएर पनि अनियमित महिनावारीको समस्यालाई क्रमैसँग हटाउन सकिन्छ ।

काच्चो मेवा

पाकेको मेवालाई भिटामीनको स्रोतका रुपमा लिने गरिन्छ । फलफुलहरु मध्ये मेवा पनि एक हो । पोकेको मेवा जतिकै काच्चो मेवामा पनि औषधिय गुणहरु छन् । हामीले गाउँघर तिर सजिलै पाउँन सकिने काच्चो मेवा खानाले अनियमित महिनावारीलाइृ नियन्त्रणमा लिने गर्दछ । दिनमा एक पटक गरि कम्तिमा पनि ७ ८ दिन काच्चो मेवा खाना महिनावारी समयमै गराउँन मद्दत गर्छ ।

अनार

महिलाहरुले महिनावारी रोकिएको समयमा अनार खादा राम्रो हुनछ । अनारको रस र यसमा गहुँको रस मिसिएर पनि पिउन सकिन्छ ।

३९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया