
काठमाडौं / आदित्य नारायण झा आफूलाई एक संघर्षरत संगीतकार भन्न रुचाउँछन् ।
आदित्य नारायणले भने ‘मआफूलाई एक सफल टिभी व्यक्तित्व भन्नु भन्दा राम्रो संघर्षरत संगीतकार भन्न रुचाउँछु । उनी आजकल इन्डियन आइडल १२ को होस्ट गर्दैछन् । उनी यहाँसम्म आइपुग्नको लागि त्यति सजिलो थिएन।
गायक उदित नारायण झाका छोरा आदित्य भारातीय टिभी इन्डस्ट्रीका सबैभन्दा लोकप्रिय होस्ट हुन् । उनले अहिलेसम्म धेरै ठूला रियलिटी कार्यक्रमहरू आयोजना गरिसकेका छन् । उनले टिभीमा पहिलो गायन रियलिटी शो सारेगामापा होस्ट गरेका थिए ।
एक अन्तर्वार्तामा आदित्यले आफ्नो पहिलो कमाइको बारेमा भनेका छन् । उनले बलिउड लाइफसँग कुरा गर्दै भने जब मैले १८ वर्षको उमेरमा सारेगामापा कार्यक्रम चलाएर टिभीमा डेब्यू गरेको थिएँ, तब मैले ७ हजार ५०० ( नेपाली रुपैयौँ ११हजार ९९९)पाएको थिएँ ।
त्यस समयमा उक्त पैसा मेरो लागि ठूलो थियो। त्यसैले अहिले जब तिनीहरू आउँछन् र मलाई करोडौं रूपैयाँ प्रस्ताव गर्छन्, म उनीहरूलाई हुन्न भन्न साह्रै दुः’ख लाग्छ ।
आदित्यले लन्डनबाट संगीतको अध्ययन गरे । भारत फर्केपछि उनले फिल्म शपितमा मुख्य अभिनेताको रूपमा काम गरे । योसंगै उनले सारागामापाको होस्टिंग सुरू गरे ।
उनले आफ्नो भर्खरको अन्तर्वार्तामा अब होस्टिंग नगर्ने बताएका छन् । टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले भने, ‘एक उद्घोषणको रुपमा इन्डियन टेलिभिजनमा सन् २०२२ मेरो अन्तिम वर्ष हुनेछ । त्यसपछि म उद्घोषण गर्ने छैन ।
अब केही ठूलो गर्ने समय आइसकेको छ । म आफ्नो पुरानो बाचाले बाँधिएको छु जुन म अबको केही महिनामा नै पूरा गर्नेछु । इन्डष्ट्रिसँग मेरो निकै राम्रो सम्बन्ध छ ।’ – news 24 nepal बा’ट ।