
काठमाडौँ / नेकपा माओवादी केन्द्रबाट प’दमुक्त ४ जना प्रतिनिधिसभा र १ जना प्रदेशसभा सदस्यले पुनर्बहालीको माग गर्दै स’र्वाेच्च अ’दालतमा दिएको रि’ट आज बिहीवार हेर्न नभ्याइनेमा परेकाे छ ।
न्या’याधीश दिपककुमार कार्कीको इ’जलाशमा परेको रि’ट हेर्न नभ्याइने सूचना स’र्वाेच्चले दिएको छ । आफूहरूले नेकपा माओवादी केन्द्र प’रित्याग नगरेकाले सांसद पद पुनर्बहालीको मा’ग गर्दै पाँचै जनाले स’र्वाेच्चमा छुट्टाछुट्टै रि’ट दा’यर गरेका छन् ।
प’दमुक्त प्रतिनिधिसभा सदस्य लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी र पदमुक्त प्रदेशसभा सदस्य दधिराम न्यौपानेले स’र्वाेच्चमा रि’ट दा’यर गरेका थिए । यसअघि नेकपा एमालेतिर लागेको भन्दै माओवादी केन्द्रको सिफारिसमा संसद सचिवालयले सांसदहरूलाई प’दमुक्त गरेको थियो ।
पूर्व सांसदहरूले निर्वाचन आयोग, संसद सचिवालय र माओवादी केन्द्र पार्टीलाई वि’पक्षी बनाएका छन् । – news 24 nepal बा’ट ।