मंगलबार ०९ आश्विन २०८०

शरीरको रक्तचाप दिनभर फरक हुन्छ । १२०/८० लाई शरीरको सामान्य रक्तचाप मानिन्छ र योभन्दा कम रक्तचाप भएका मानिसलाई ब्लड प्रेसर लो भएको वा हाइएपटेन्सन भनिन्छ ।

कम रक्तचाप शरीरको लागि खतरनाक हुन सक्छ र यो स्थितिलाई बेवास्ता गर्नु हुँदैन । रक्तचाप कम हुँदा शरीरको सबै भागमा रगतको आपूर्ति पनि कम हुन्छ । यस्तो अवस्थामा, चक्कर आउने, हात र खुट्टा झमझम हुने, दृष्टि कमजोर हुने, वाकवाकी तथा बान्ता आउने, शरीर कमजोरी अनुभव हुन्छ ।

खराब जीवनशैली, खानपान र ब्यायामको ध्यान नदिँदा कम रक्तचापको समस्या हुनसक्छ । विज्ञहरूका अनुसार खानामले सम्पूर्ण स्वास्थ्य, मुटु र रक्तचापलाई असर गर्छ । लो ब्लड प्रेसरबाट बच्नको लागि खानामा परिवर्तन गर्ने प्रयास गर्नुपर्छ ।

अण्डा लो ब्लड प्रेसरको बिरामीको लागि उत्तम आहार हो । यसमा भएको भिटामिन बि १२ ले रातो रक्त कोशिकाको उत्पादनलाई बढाउँछ । जसले रक्तचापलाई बढाउन सहयोग पुर्‍याउँछ ।

डार्क चकलेटले पनि बिपी बढाउन मद्दत गर्छ । यसमा फ्लाभानोल्स भनिने रासायनिक पदार्थले शरीरको वजन र बोसो रगतको स्तरमा परिवर्तन नगरी बिपीलाई नियन्त्रणमा राख्ने हुन्छ । त्यस्तै अङ्गुरको रसको सेवनले कम रक्तचापको लक्षणको उपचार गर्न धेरै प्रभावकारी हुन्छ । एक गिलास अंगुरको रसको सेवनले तत्काल राहत दिन्छ ।

कम रक्तचापको समस्या भएका बिरामीहरूले सकेसम्म धेरै तरल पदार्थको सेवन गर्नुपर्छ । शरीरमा पानीको मात्रा घट्दै जाँदा रगतको मात्रा पनि घट्छ । त्यसैले शरीरलाई हाइड्रेटेड राख्नु धेरै महत्त्वपूर्ण हुन्छ ।

डाक्टरहरूले त्यस्ता बिरामीहरूलाई दिनभर कम्तिमा दुई लिटर पानी पिउन सल्लाह दिन्छन् । पानीबाहेक फलफूलको रस, लस्सी, नरिवल पानी, अङ्गुर, काँक्रा, अनार, खरबुजाको पनि सेवन गर्न सकिन्छ ।

पनीर वा चिजको सेवन पनि कम बिपी भएकालाई सहयोगी हुनसक्छ । कम बिपी भएमा प्रायः उच्च नुनको खाना खानको लागि सिफारिस गरिन्छ । यो नुनको राम्रो स्रोत हो । यदि बिपी अचानक कम भएमा, बिरामीलाई नुनपानीको सेवन गराउनु पनि राम्रो तरिका हुनसक्छ ।

रक्तचाप बढाउनका लागि क्याफिन सबैभन्दा लाभदायक मानिन्छ । अचानक बिपी कम भएका सक्रिय राख्नका लागि रोगीलाई कफी दिन सकिन्छ । विशेषगरी यदि कालो कफीको सेवन गर्न सल्लाह दिइन्छ ।

यसको सेवनले तत्काल मुटुको दर बढाउँछ, जसले रक्तचाप पनि बढाउँछ । कम रक्तचापको समस्या भएकाले चिनीयुक्त खाद्य पदार्थ र पेयको सेवन गर्नुपर्छ । बीपी कम हुँदा नुनिलो र गुलियो पदार्थको सेवन धेरै प्रभावकारी हुन्छ ।

चिनीले युरिक एसिडको स्तर बढाउन कार्य गर्छ, जसले रक्त नली सङ्कुचित हुन र रक्तचाप बढाउँन मद्दत पुग्छ ।

११३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया