शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / सर्वोच्च अदालतले थु’नामुक्त गर्न आदेश दिएपछि रिहा भएका नेत्रविप्लव चन्द ‘विप्लव’ समूहका नेता हेमन्त प्रकाश वलीले अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार महाराजगञ्जमा आयोजित स्वागत कार्यक्रममा उनले अहिलेको व्यवस्थाका कारण जनताको अवस्थामा कुनै सुधार नआएको भन्दै संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

उनले जनताको मन जितेर मात्र मुलुकमा वास्तविक जनतन्त्र आउने बताए । वलीले अहिलेको कम्युनिष्ट वास्तविक कम्युनिष्ट नभएको आरोप लगाए ।

उनले आफू चार वर्षपछि बाहिर आएको भएपनि जे’ल जीवन आफ्नो लागि नौलो नभएको बताए ।

केही वर्षअघि ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विप्लव समूहले गराएको ब’म वि’ष्फोटमा संलग्न भएको आ’रोपमा वलीलाई प’क्राउ गरिएको थियो ।

उनी मु’टुको उप’चारका लागि शहीद गंगालाल हृदयकेन्द्रमा भर्ना भएका बेला सर्वोच्चले साधारण तारिकमा रिहा गर्न आ’देश दिएको हो ।

१०७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया