शुक्रबार १७ चैत्र २०७९

काठमाडौं/ गोरखाकी एक महिला वैदेशिक रोजगारीका लागि विदेश गएका श्रीमानलाई लिन विमान स्थल गइन् । उनको २०६४ सालमा विवाह भएको थियो । उनी १५ वर्षको उमेरमा विवाह भएको थियो । उनको श्रीमानको विवाहित भइसकेको रहेछ, उनका एक छोरा पनि थिए । तर उनले जता गयो उतै पछि लागेर फकाए । जिवन गिरी नामका उनका श्रीमानले पछि लागेर जसरी पनि तिमीसंगै विवाह गर्छु भनेर छोड्दै छोडेनन् ।

अल्लारे बुद्धि भएका कारण अरु केही सोच्न सकिनन् । विवाहित पुरुषसंग विवाह गरेर गइन् । उनीसंग विवाह गरेपछि छोरा छोडेर सौता अर्कैसंग विवाह गरेर गइन् । उनको पनि छोराछोरी पनि जन्मिए । उनीहरु वजारमा वसेका थिए । त्यही बेला श्रीमानले तिमी घर गएर बस । खर्च पनि कम हुन्छ भनेर गाउँ पठाए । उनी गाउँ गएर बसिन् । तर त्यसपछि श्रीमानको ब्यवहार फेरीयो ।

विदेश गएका श्रीमानले वास्ता गर्न छोडे । फोन पनि गर्थेनन् । गाउँका दाजुभाईले तिम्रो श्रीमान विदेशवाट आउँदैछन् भनेर जानकारी दिए । त्यही मितिमा उनी काठमाडौ विमानस्थलमा श्रीामनलाई लिन पुगिन् । तर उनको श्रीमानलाई लिन अर्कै महिला पनि पुगेको देखेपछि उनी छाँगावाट खसेजस्तो भइन् । अर्को महिलालाई आफु आएको जानकारी दिने तर मलाई किन जानकारी दिनुभएन ? प्रश्न गर्दा तिमीलाई दुख हुन्छ भनेर सम्झाउने कोशिस गरे ।

विमानस्थलमै विवाद भएपछि उनीहरुलाई सिधै गौशाला स्थित प्रहरी कार्यालय लिएर गए । त्यसपछि एक पटकलाई माफ गरेर उनले श्रीमान स्वीकारेर आइन् । प्रहरी कार्यालयमा सम्झौता गरेर उनी गाउँ फर्किइन् । सासु विरामी भएर काठमाडौमा उपचार भइरहेको थियो, म आमालाई लिएर आउँछु तिमी घर जाउ भनेर भनेर पठाएको महिलाको भनाई छ ।

हे’र्नुहोस् भिडियो:-

६७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया