बुधबार २२ मंसिर २०७८

काठमाडौं / लोक गीत ‘डाँडाघर साइँली’ बजारमा आइसकेको छ । गीतको शब्द कृष्ण केसीले लेखेका हुन् ।

‘डाँडाघर साइँली’ गीतमा श्रीकृष्ण बम मल्लले संगीत भरेका छन् भने स्वरुपराज आचार्य र लक्ष्मी मल्लले स्वर दिएका छन् । गीतलाई कृष्ण बि.के ‘भाञ्जा’ले संगीत संयोजन गरेका छन् ।

आधुनिक गीतका गायककार स्वरुपराजको यो पहिलो लोक गीत हो । गीतको भिडियो ग्रामिण परिवेशमा निर्माण गरिएको छ ।

देबेन्द्र बब्लुले निर्देशन गरेका भिडियोमा प्रकाश सपूत, शिल्पा पोखरेल, करिष्मा ढकाल र श्रीकृष्ण बम मल्लले अभिनय गरेका छन् । हे’र्नुहोस भिडियो :-

३१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया