आइतबार ०७ आश्विन २०८०

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनकै निवास खुमलटारमा भेट्न पुगेका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ओली सरकारसँग गरिएको ३ बुँदे सहमति कार्यन्वयन हुने आश्वासन पाएका छन् ।

राष्ट्रिय सभा गृहमा सरकार पक्ष र विप्लव समूहबीच भएको ३ बुँदे सहमति कार्यान्वयनका विषयका सन्दर्भमा कुराकानी गर्न विप्लव बुधबार प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

भेटमा प्रचण्डले ओली सरकारमा भएका ती ३ बुँदे सहमतिहरु कार्यान्वयन हुने बताएका छन् । यसका साथै, दुई नेताबीचमा गम्भीर छलफल पनि भएको छ ।

भेटमा प्रचण्डले विप्लवलाई भने, ‘ओली सरकारसँग गर्नुभएको ३ बुँदे सहमति कार्यान्वयन हुन्छ । त्यतिबेला दुई पक्षबीच शान्ति सम्झौताको सहमति भए पनि पालना नहुँदा बन्दी रिहा र मुद्धा खारेज हुन सकेका छैनन् । तर, अब ती सहमति पालना गर्न सरकार प्रतिद्धत हुन्छ । र, आवश्यक सहयोग गरिन्छ।’

प्रच्ण्डले देउवा सरकारले उक्त सहमति पूर्ण रुपमा कार्यान्वयन गर्ने भनेपछि महासचिव विप्लव खुसी देखिन्थे । त्यसपछि दुईबीचमा निकैबेर पछिल्लो राजनीतिक घटनाक्रमका विषयमासमेत छलफल भएको छ ।

गत फागुन २१ गते सरकार र विप्लव पक्षबीच ३ बुँदे सहमति भएको थियो । सहमतिबमोजिम बन्दीमा रहेका सबै नेता तथा कार्यकर्ता रिहा गर्ने भनिएको थियो । तर, हासम्म उक्त सहमति कार्यान्वयनमा आएको छैन ।

१२४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया