बिहिबार ११ आश्विन २०८०

काठमाडौं / बालुवाटार जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ ।

बुधबार विशेष अदालतको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा गरिएको हो ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा गच्छदारविरुद्ध विशेष अदालतमा २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर भएको थियो।

दायर गरेको मुद्धामा पटक–पटक मुद्दाको म्याद बुझ्न भनिए पनि अस्वीकार गर्दै आएका गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो ।

बुधबार विहान गच्छदार आफैं विशेष अदालत पुगेर थुनछेक बहसमा सहभागी भएका थिए । बहसपश्चात् १० लाख रुपैयाँ धरौटी बुझाउन माग गरिएको छ ।

२८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया