
काठमाडौं / निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७८ को निर्वाचन कार्यतालिका रद्द गरिएको जनाएको छ ।
बुधबार प्रेस विज्ञप्ती जारी गर्दै आयोगले सर्वोच्च अदालतको आदेश बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७८ को निर्वाचन कार्यतालिका रद्द गरिएको जनाएको हो ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘निर्वाचन आयोगले सम्मानित सर्वोच्च अदालतबाट मिति २०७८/३/२८ मा भएको आदेश बमोजिम मिति २०७८/७/२६ गते शुक्रबारका दिन पहिलो चरणमा र मिति २०७८/८/३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट मिति २०७८/३/२१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको छ ।’